Monday, April 20News That Matters

बाढी पीडितलाई राहत दिने सरकारको निर्णय

पूर्णपुष्टि, कार्तिक ३
सरकारले बाढीपहिरो र डुबानपीडितलाई राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले राहत दिने निर्णय गरेको हो ।

सिंहदरबारमा आज बसेको बैठकले बाढीपहिरो र डुबानबाट पीडित भएकाहरूलाई उद्धार गर्ने, राहत दिने निर्णय गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
गत शनिबारदेखि परेको अबीरल वर्षाले आएको बाढीले देशका विभिन्न भागमा जनधनको क्षति भएको छ ।