
पूर्णपुष्टि, जेठ २ गते ।
काठमाडौंमा स्वतन्त्र मेयर पदमा उठेका उमेदवार बालेन शाहको हार जीतमा खसीको बाजी राखेका दुई जना खोटाङका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो ३ बजे जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का २८ वर्षीय विजय फुँयाल र ३१ वर्षीय रमेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले २८ किलोको खसी वा सो बराबरको रकम लिनेदिने सहमति गरेका थिए जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ ।
