Thursday, May 28News That Matters

बाेलेराे दुर्घटनामा मृतक संख्या दुई

पूर्णपुष्टि, फागुन १९ ।

हिजाे उदयपुरको कटारी नगरपालिका –७ मजेतपुरमा भएकाे बोलेरो दुर्घटनामा मृतककाे संख्या दुई रहेकाे छ । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईका अनुसार मृत्यु हुनेहरुमा कटारी नपा–८ थलियाका ७० वर्षिय बीरबहादुर तामाङ र साेही ठाउँकी ३३ वर्षिया लालकुमारी तामाङ रहेका छन् । बीरबहादुरकाे घटनास्थलमै मृत्यु भएकाे हाे भने लालकुमारीकाे उपचारकाे क्रममा बिराटनगरमा मृत्यु भएकाे हाे । अन्य घाइतेहरुकाे भने उपचार भइरहेकाे छ । कटारी बजारदेखि थलियातर्फ जाँदै गरेको बोलेराेको ब्रेक फेल भई दुर्घटना भएकाे थियाे । बाेलेराे डेडसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।