
पूर्णपुष्टि, २ माघ ।
आर्थिक संकट टार्न र साहुको ऋण तिर्नकै लागि सन्तोष परियारले आफ्नो सानो झुपडी समेत बेचे । त्रियुगा नगरपालिका वडा नं १३ मा रहेको आफ्नो जायजेथा बेचेर गाईघाट बजार सरेका उनि उदयपुर बोर्डिङ नजिक डेरामा बस्दै आएका थिए । आफु सँग भएका सबै कुरा बेचेर साहुको ऋण र पुरानो अवस्थाबाट पन्छिँदै पून : सुरुवाती संघर्षमा होमिएका सन्तोषलाई बिचमा श्रीमतीको बिमारले फेरी उहि अवस्थामा पुरायो ।
४३ बर्षिया श्रीमती सुस्मिता राई (परियार) को स्तन क्यान्सर भएको हस्पिटलले जनाएपछि सन्तोषको परियार यतिवेल बिल्लीबाँठ भएको छ । गाडी चलाएरै दुई बच्चा सहित श्रीमती पाल्दै आएका सन्तोषले बिरामी श्रीमतीकै कारण हुँदाखाँदाको काम पनि छाडे । सन्तोषले काम छाडेपछि श्रीमतीको उपचार त परको कुरा दुई बच्चा र श्रीमतीलाई खुवाउन र डेरा भाडा तिर्न पनि धौधौ परेको छ । सन्तोषले आफ्नो दुख सुनाउँदै भने,“ ‘साउको गाडी चलाएर कमाएको पैसाले बस्न र खाने मेलो त टर्दै थियो त्यो पनि गुम्यो । गत असारदेखी श्रीमतिको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेको छु । तर आर्थिक संकटले अवस्था नाजुक बन्दै गैरहेको छ “सन्तोषले भने,” ।
श्रीमतीलाई प्रत्येक १४ दिनको अवधिमा हस्पिटल लानु पर्ने हुन्छ । हस्पिटलले ८ ओटा किमो गर्नु पर्ने बताएको सन्तोषले जनाए । अहिले सुस्मिताको किमो गर्ने काम हस्पिटल बाट भैरहेको छ । एक पटकको ५० हजारबढी खर्च लाग्ने किमो ८ पटक गर्नु पर्ने हस्पिटलको सुझाव छ । किमो पश्चात तत्काल अप्रेशन गर्नु पर्ने हस्पिटलले भने पछि सन्तोषको सुताई बसाई छैन् । यत्रो पैसा काहाँबाट अनि कसरी ल्याउने अलमल र तनावमा छु,सन्तोषले भने,” । छातिदेखी एकपाटा काटेर फाल्नु पर्ने भनेको छ, त्यसका लागि अप्रेशन गर्दा ५ लाख बढी खर्च आउने हस्पिटलले बताएको सन्तोषको भनाई छ ।
घर जग्गा बेचेपछि छोरा बुहारी सँग छुटिएर छुट्टा छुट्टै बस्दै आएकी ५१ बर्षिया सकुन्तला परियार पनि बुहारी बचाउन आर्थिक संकलनमा हिडेकी छिन् । भएको घर जग्गा बेचेर आफु श्रीमान सँग फाल्टै बस्दै आएकी सकुन्तला यतिवेला बुहारीको लागि रोडमा पैसाको भिख माग्दैछिन् । सानो पसल गरेर श्रीमान सँग डेरा गरी बस्ने उनिलाई आर्थिक सहयोगका लागि खै कस्ले पत्याईदिने ? बुहारीको बिराम जानीजानी हेरेर बस्न सक्दैनौ, बुहारीलाई यतिकै मर्न पनि त दिनु भएन, “उनि भन्छिन्,” ।
उनले खर्च धान्न नसकेका कारण बुहारीलाई थप समस्या पर्न सक्ने हो की भन्दै आफु पनि सडकमा हात फैलाउँदै हिडेको जनाइन । कहि कतै आर्थिक स्रोत नभएपछि बुहारी बचाउन आफु दुई पटक सडकमा सहयोगको भिख माग्दै हिडेको बताईन् । तर सडकमा ठुलो रकम उठ्न नसकेको र खर्च नजुटेको भन्दै अभियान चलाएर रकम जोड्न सहयोगका लागि सबै सँग सहयोग मागिरहेकी छिन् । उनले मिडिया मार्फत आफ्नो समस्या सुनाउँदै सहयोगको अभियानमा साथ दिन पनि मिडिया मार्फत सबैलाई आग्रह गरेकी छिन् । आफु अनपढ भएकै कारण धेरै कुरा नजानेको र नबुझेको हुँदा आर्थिक सहयोग अभियानमा सल्लाह सुझाव दिन पनि अनुरोध गरिन् । बिरामी बुहारीलाई सहयोग गर्नु कसैको इच्छा भए छोराको सम्पर्क नं ९७६२७१३९३९ मा सम्पर्क गर्न सकुन्तलाको आग्रह छ ।