Thursday, May 28News That Matters

बृद्ध–बृद्धा आरामस्थल र बाल उड्यान पार्क निर्माणका लागि माहायज्ञ पुराण लगाईने

पूर्णपुष्टि, फागुन २७ ।
त्रियुगा नगरपालिका वडा नं। ८ राजबासको माटेखोला, शाहीखोला, आँपसोता खोलाको संगम स्थल स्मृति वाटिका तथा श्री गुप्तसिद्धेश्वर शिवालय मन्दिर परिसरमा महायज्ञ पुराण हुने भएको छ ।

त्रिवेणी स्मृति वाटिका तथा गुप्तसिद्धेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिद्धारा आयोजित महायज्ञ यहि फागुन २८ देखि चैत्र ५ गतेसम्म सञ्चालन हुनेछ । वृद्ध–वृद्धा आरामस्थल निर्माण तथा बाल उड्ययन पार्क निर्माणको निम्ति महायज्ञ गर्न लागिएको आयोजकले जनाएको छ ।

आज आईतबार पुर्वसन्ध्यामा नगर परिक्रमा गरिएको छ भने भोली बिहान ७ बजे कलशयात्रा गरी १० बजे मण्डप पुजन गरी कार्यक्रमको उद्घाटन गरिने छ ।

मण्डप पुजन एवं पाठ पारायण बिहान ६ बजेदेखी ११ बजेसम्म र कथा प्रवचन ११ बजेदेखी ४ बजे सम्म सुनाईने छ । महात्म्य, झाँकी, ज्ञानमन्च साँझ ७ बजेदेखी १० बजेसम्म हुनेछ ।

श्री कृष्ण जन्मोत्सव चैत २ गते, लक्ष्यवर्तिका जागरण चैत्र ४ गते र हवन, तिलार्चन, सामुहिक गुन्युचोली, ब्रतबन्ध, प्रसाद वितरण दिवंगत पितृहरुका फोटो चैत्र ५ गते राखिने छ । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ पं। श्री विशाल बाबु वशिष्ठ र पं। श्री दिनेश भण्डारीको मुखारविन्दबाट कथा रसपान गरी पुण्यार्जन गरिनेछ ।