
पूर्णपुष्टि, १४ असार ।
सशस्त्र प्रहरीद्धारा बेलका नगरपालिकामा आयोजित विपद स्वयंमसेवक तालिम सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पाठ्यक्रम अनुसार सशस्त्र प्रहरी बल नेपाल नं ५ गण हेक्वा उदयपुरले गरेको तालिमलाई बेलका नगरपालिकाले समन्वय गरेको थियो । बेलका ८ कोशी माविमा जेष्ठ २३ गतेबाट सुरु भएको उक्त तालिम असार १३ गते समापन भएको हो ।
यस तालिमले पछिल्लो मनसुन जस्ता विपदको सामना गर्ने अपेक्षा गरिएको छ । तालिमले विपदलाई समधान गर्ने क्षमता अभिबृद्धिमा सहयोग पुराउनुका साथै मनोवल बढाएको सहभागीहरुले जनाएको छ । तालिम सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महा निरिक्षक कुमार न्यौपानेको प्रमुख आथित्य तथा बेलका नगर उपप्रमुख जिरा राईको बिषेश आथित्यतामा साथै जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल, सशस्त्र प्रहरी बल नेपाल नं ५ गण हेक्वा उदयपुरका गणपति शुसिल कुमार साही, जिल्लाका सम्पूर्ण सुरक्षा प्रमुख, जनप्रतिनिधि, संघ संस्था, संञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।