Thursday, May 7News That Matters

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकाको हृदय घातबाट निधन

पूर्णपुष्टि, फागुन २५ ।भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकाको निधन भएको छ । उनको गएराति १ः३० बजे नयाँ दिल्लीमा ६६ बर्षको उमेरमा निधन भएको हो ।
कौशिकको हृदय घातका कारण निधन भएको भारतीय अभिनेता अनुपम खेरले ट्विटर मार्फत जनाकारी दिएका छन् । कौशिकको निधनमा अभिनेता खेरले लेखेका छन्, ‘मलाई थाहा छ, मृत्यु नै संसारको अन्तिम सत्य हो । तर म जीवित हुँदै मेरा अति मिल्ने साथी सतीक कौशिकको बारेमा यो लेख्छु भनेर सपनामा पनि सोचेको थिइनँ । ४५ वर्षको मित्रतामा यस्तो अचानक पूर्णविराम । तिमीबिनाको जीवन उस्तै हुनेछैन सतीश । ओम शान्ति ।’

पारिवारिक कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका उनको राति स्वास्थ्य बिग्रिएको थियो । परिवारले अस्पताल पुर्‍याएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको शव दिल्लीको दीनदयाल अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि शवलाई दिल्लीबाट मुम्बईस्थित उनको निवासमा पुर्‍याइनेछ । त्यसपछि भारतीय समयानुसार दिउँसो ३ बजेदेखि ६ बजेसम्म वर्सोवास्थित घाटमा अन्तिम संस्कार हुनेछ ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे । उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभियन सिकेका थिए ।

कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । रूप के रानी चोरोंका राजा’ का फिल्मबाट निर्देशनमा आएका कौशिकले ‘हम आपके दिलमे रहेते है’ ‘तेरे नाम’ जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।