Sunday, April 19News That Matters

मदनभण्डारी आँखा अस्पतालमा तीन कैदीबन्दीसहित ७६९ जनाको निःशुल्क सल्याक्रिया

पूर्णपुष्टि, जेठ १६ ।
मदनभण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले १९ औं गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागारको तीनजना कैदीबन्दीसहित ५५ जनाको आँखाको सल्याक्रिया भएकोमा आज विहान सबैको आँखाको पट्टी खोलिएको छ । आँखाको पट्टी खोलिएसंगै सबैजनाले आँखामा ज्योती पाएका छन् । नेकपा एमाले उदयपुरका अध्यक्षसमेत रहेका राउत, एमाले नेता ईश्वरमणी राउत र नेपाल रेडक्रस साेसाईटी उदयपुरका सभापति मदनराज कटुवालले पट्टि खाेलिदिए । आज थप ३० जनाको सल्याक्रिया रहेको जनाइएको छ । अस्पतालको आफ्नै उपचार कक्षमा सल्याक्रिया भएको हो ।
आर्थिक अभावले सल्याक्रिया गर्न नसकेका आमाबुवालाई लक्षित गरी विभिन्न आँखा शिविर जिल्लामा सञ्चालन गरी त्यसबाट छनौट भएकाहरुलाई सल्याक्रिया गरिएको हो । केही दिनअघि जिल्ला कारागारमा पनि आँखा शिविर सन्चालन गरिएको थियो ।
पैसा नभएको अवस्थामा रोग पालेर बस्न नपरोस् भनेर हस्पिटलले आफैले दाताहरुसंग रकम संकलन गरेर निःशुल्क आँखा सल्याक्रिया गरिदिने गरेको हस्पिटलका अध्यक्ष भागवत राउतले बताउनुभयो । अध्यक्ष राउतका अनुसार हालसम्म अस्पताले ७६९ जनाको निःशुल्क सल्याक्रिया गरी आँखामा ज्योती ल्याउने काम गरेको छ ।
हस्पिटलले उदयपुरमै गुणस्तरीय सेवा दिन सक्षम रहेको अध्यक्ष राउतले बताउनुभयो । त्यतिमात्र हैन पैसा नहुँदा आँखाको रोग पालेर बस्न नपर्ने कुराको ग्यारेण्टी अस्पतालले लिने उहाँले बताउनुभयो । अस्पताललाई मनकारी दाताहरुले जन्मदिन, विवाह अवसर, उन्नती प्रगतीको अवसर तथा विभिन्न दानदक्षिणा गर्नुपर्ने कर्म र पर्वका दिन गरिब तथा असहायको निःशुल्क उपचारका लागि सहयोग रकम प्रदान गर्ने उहाँले बताउनुभयो । यस पुण्य कार्यमा सहभागि हुनसमेत सबैलाई उहाँको आग्रह छ ।