
पूर्णपुष्टि, जेठ ३१ । उदयपुरको चौदण्डीगढी नगरपालिका शिक्षा शाखा कार्यालय प्रमुख रामेश्वर कुंवर विरुद्ध एक शिक्षकले मुद्धा दर्ता गरेका छन् ।
चौनपा–६ बेल्टारको ज्योति माध्यामिक विद्यालयलमा प्रावि तहका शिक्षक कुशुमलाल यादवले गत आईतबार प्रमुख कुंवरविरुद्ध उच्च अदालत विराटनगरमा मुद्धा दर्ता गराएका हुन् । प्रमुख कुंवरले आफू खुसी सरुवा गरेको भन्दै शिक्षक यादव उच्च अदालत पुगेका हुन् । यादवलाई केही महिना पहिले त्रियुगा नगरपालिका–७ भुल्के स्थित सगरमाथा आधारभूत विद्यालयमा सरुवा गरिएको थियो । तर उक्त सरुवा नगर प्रमुख कालुमान लामा र शिक्षा शाखाका प्रमुख कुंवरले आफू खुसी गरेको निर्णय नियम सँगत नभएको भन्दै उनले अस्वीकार गर्दै आएका छन् ।
शिक्षक यादवले नगरपालिकाले तयार पारेको शैक्षिक कार्यविधि, ऐन र नियमावली लिन निवेदन सहित माग गर्दा पनि नदिएको बताएका छन् । यादवका अनुसार कार्यविधि पुस्तकहरु माग्न जाँदा उल्टै हप्काउँदै सरुवाको पत्र लिन जवरजस्ति गरेका थिए ।
निमित्त प्रमुख श्रीकान्त चौधरीसँग निवेदनमा तोक लगाएर दिँदा म सँग छैन भन्दै हप्काउनु भयो ‘शिक्षक यादवले भने’ म कार्यविधि लिन भनेर गएको मान्छे सरुवाको पत्र लिन जवरजस्ति गर्दै हुन्हुन्थ्यो, तर मैले लिइन् ।
सो विषयमा शिक्षा शाखाका प्रमुख कुंवरले आक्रोशित हुँदै भने, ‘उसलाई किन कार्यविधि चाहियो र मुद्धा लगाइ सकेको छ ।’ अधिकांश तपाई मातहतका शिक्षक कर्मचारीहरु तपाईदेखि रुष्ट अनिआजित भइसकेका छौं भनेर भन्छन् तपाइको धारणा के छ भन्ने प्रश्नमा प्रमुख कुंवरले को रुष्ट छन् ‘उसैलाई सोध्नुहोस भन्दै पन्छिएका छन् । कार्यालय प्रमुख कुंवर र विद्यालयका प्रधानाध्यापकहरु बीचको सम्वन्ध भने गत कक्षा ८ को नतिजा प्रकाशन र शिक्षक र शिक्षिकाको बेथिति सरुवाले विग्रिएको जानकारहरु बताउँछन् । तर कार्यालय प्रमुख कुंवरको कार्यशैलीप्रति जो कोही सेवाग्राही भने असन्तुष्ट जनाउँदै आएका छन् ।
