
पूर्णपुष्टि, फागुन ३० । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सरकारको नितिगत प्राथमिकता नफेरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको दोस्रो चौमासिक समीक्षामा बोल्दै उनले भने, ‘मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता नफेरिने बताएका हुन् । ‘यसबीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ।
‘मैले नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशन, संसदमा गरेको सम्बोधन र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा भनेजति कुराहरु नफेरिने बताएका छन् । कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाई छ । उनले सरकारको नेतृत्व तलमाथि नहुने बताए । उनले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताए।
