कोशी कोरिडोर निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री कार्की

पूर्णपुष्टि, पुष २२
उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित यारी खोलामा प्रदेश सरकारद्धारा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीद्धारा भएको छ । सोही कार्यक्रममा उदयपुरको भाग्य र भबिष्यसँग जोडिएको कोशी कोरिडोर (घुर्मी–चतरा सडक) निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री कार्कीले बताउनुभयो ।

मन्त्री कार्कीका अनुसार आफू पनि यही भेगको स्थानीय भएकाले यस क्षेत्रका समस्याहरुको बारेमा राम्रो सँग बुझेको र कोशी कोरिडोरलाई नयाँ ढंगबाट अगाडी बढाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्न तयार रहेको जानकारी गराउनुभयो । कोशी कोरिडोर यस क्षेत्रको समृद्धिको मुल आधार हुने भएकाले यसलाई अगाडी बढाउन काठमाण्डौ डेलिकेसन जान आफू तयार रहेको समेत प्रष्ट पार्नुभयो ।
मन्त्रालयका सचिव लगाएत ईन्जिनियरहरुको टोली लिएर पुल उद्घाटन गर्न पुगेका कार्कीले भने ‘उदयपुर जिल्लाको भुगोल सुगम नरहेकाले यस विकटतालाई हेरेर बजेट विनियोजन गरिदिन म मन्त्रालयका सचिव लगाएत अन्य प्राविधिक कर्मचारीहरुलाई अनुरोध गर्दछु ।’

जिल्लाको ताप्ली गाउँपालिका स्थित यारी खोलामा करिब ८ करोड ७४ लाखको लागतमा पुल निर्माण भएको यातायात पूर्वाधार निर्देशनालय प्रदेश नम्बर १ ले जनाएको छ । बेतिनी, नुनथला, कुमलटार, रुपाटार ठानागाउँ सडक अन्तरगर्त पर्ने उक्त पुल निर्माण भएपछि ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिका साथै खोटाङको हलेसीतुवाचुङ नगरपालिकाका स्थानीयहरुलाई प्रत्यक्ष फईदा पुग्ने छ ।
२०७६ चैत ६ गते प्रदेश सांसद कला घलेले शिलान्यास गरेको उक्त पुल कोभिडको महामारीको विचमा समेत निर्माण सम्पन्न गरेकाले निर्माण कम्पनी ए एन एस केएम जेबी एन एस जेभी काठमाण्डौले १८ महिना लगाएर निर्माण सम्पन्न गरेको मन्त्रालयका सचिव मोहन चापागाईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: