माओवादी केन्द्र प्रदेश १ कमिटीमा उदयपुरका २१ जना निर्वाचित, अध्यक्षको लागि ३ जनाको दावी

पूर्णपुष्टि, मंसिर २८
बिराटनगरमा भर्खरै सम्पन्न माओवादी केन्द्रको ऐतिहासिक प्रथम अधिवेशनमा उदयपुरबाट २१ जना नेता छानिएका छन् । उनिहरु प्रदेश नं १ अन्तर्गतका माओवादी केन्द्र कमिटीमा छानिएका हुन् ।
उदयपुरका माओवादी नेता यसअघिको प्रदेश कमिटी अध्यक्ष सुरेशकुमार राई (हिमाल) र प्रदेश सांसद नारायण बुर्जामगरसहित २१ जना समेटिएका छन् । २५९ कमिटी भित्र उदयपुरबाट २१ जना नेताहरु निर्वाचित भएको प्रदेश सदस्य तथा उदयपुर सहइन्चार्ज राजन किराती (बासु) ले बताए ।

नवगठित कमिटीमा उदयपुरबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका अन्य सदस्यहरुमा संविधानसभा सदस्यत्रय मोहन खत्री (दिपक) मणि खम्बु (रिवासी) र भेषकुमारी राउत (कोपिला) राजन किराती (बासु) भीम अधिकारी (अनिल) बिनोद कटुवाल (दिवस), सम्झना पाख्रीन (योद्धा) काजीमान तामाङ (जिज्ञासा) र द्रोण पौडेल ९निरज० छानिएका छन् ।

त्यस्तै दिलकुमारी मगर (चेतना) भगवति खनाल (निशा) अमृता राई, केपी बराल, निर्मला मगर, ढुंगराज बिक, झनक बिक, एबिराज राई, बिमल किराती र रमण भट्टराई पनि सदस्य छानिएको छ ।

मणि खम्बु, सम्झना पाख्रीन र दिलकुमारी मगर महिलाबाट, ढुंगराज विक र झनक बिक दलितबाट तथा बिनोद कटुवाल र एबीराज राई युवाबाट समेटिएका हुन् भने बाँकी खुल्लाबाट सदस्य परेका हुन् ।

नवगठित कमिटीका सदस्यलाई पार्टी प्रदेश इन्चार्ज सुरेन्द्र कार्की (पार्थ) ले सोमबारै सपथ गराईसकेका छन् । सपथ लिए पनि कमिटीको पदाधिकारी चयन भने हुन सकेको छैन । पदाधिकारी चयनमा पनि सर्वसम्मत गर्ने प्रयास भईरहेकाले केही समय लाग्नसक्ने पार्टी स्रोतले जनाएको छ ।

प्रदेश नं १ कमिटीका नेतृत्वमा ३ जनाको आँकाक्षी रहेको नेताहरुले जनाएको छ । कमिटीको पूर्व अध्यक्ष समेत रहेका शुरेस कुमार राई (हिमाल) प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका इन्द्र बहादुर आङ्बो, माओवादी नेता हेमराज भण्डारीले नेतृत्वका लागि दावी गरेको छ । कमिटीको सदस्यहरुले नै पदाधिकारीहरु छान्ने माओवादीको विद्यान अनुसार भोलीको बैठक पश्चात नेतृत्व तथा पदाधिकारीहरु चयन हुने माओवादी नेताहरुको भनाई छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: