Wednesday, April 22News That Matters

माओवादी त्रियुगा नगर कमिटीद्धारा धन्यवाद व्यक्त

पूर्णपुष्टि, १८ मंसिर ।
माओवादी त्रियुगा नगर कमिटीले उपनिर्वाचनमा माओवादी उम्मेदवारलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । सोमवार कमिटीले बिज्ञाप्ती मार्फत धन्यवाद तथा आभार व्यक्त गरेको हो । पार्टी अध्यष मान वहादुर राई र काशी कुमार कार्कीको हस्ताक्षर बिज्ञाप्तीमा भनिएको छ” माओवादी केन्द्रका उम्मेदवारलाई जनता समाजवादी पार्टी र विप्लवको समेत समर्थतमा प्रस्तुत भएको उम्मेदवारलाई आम आम न्यायप्रेमी मतदाता वडावासीहरुले विश्वास गरी जिम्मेवारी सुुम्पिनु भएकोमा पार्टीले धन्यवाद व्यक्त गर्दछ । साथै कमिटीले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, पार्टी कार्यकर्ता सबैलाई धन्यवाद व्यक्त गरे । बिजयी उम्मेदवारले जनता र वडावासीहरुको काममा प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न पार्टीले आह्वान र प्रेरित गर्ने पनि बिज्ञाप्तीमा भनिएको छ ।