
पूर्णपुष्टि, २४ भदौ ।
गाईघाटमा मेयर, उपमेयर र पूर्व मेयरको घरमा आगजानी तथा तोडफोड गरिएको छ । मंगलबार जेन्जी आन्दोलनले त्रियुगा नगर प्रमुख वसन्त वस्नेतको घर तोडफोड गरेको छ भने उपमेयर महेश्वरी राईको घर अगाडी आगजानी गरेको छ । यता पूर्व मेयर बलदेव चौरधीको घरमा तोडफोड सहित आगजानी गरेको छ । जेन्जीहरु बिहानीपख अक्रोस रहित आन्दोलन गरिरहेका थिए । तर अचानक दिउँसोदेखी भौतिक संरचनामा समेत उनिहरुले तोडफोड गरेको हो । जेन्जीले कांग्रेस, माओवादी र एमालेको पार्टी कार्यालय सहित त्रियुगा नगरपालिकाको कार्यालय र सरकारी कार्यालयहरु सबै तोडफोड गरेको छ ।

