
युबराज राई (मौसम)
उदयपुर, माघ २२ ।
उदयपुरको प्रहरीले एकजना काठ तस्करीमा संलग्न ब्यक्तिलाई हिजो राती पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका १० खैराहाझोडा स्थित कुन्तिमाई सामुदायिक वन उपभोक्ता समितिको जंगलबाट चौनपा १० का २० वर्षिय मञ्जित सदा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । एक मोटरसाईकल र २८ दशमलब ५ क्यु.फिट परिमाणको पाँच टुन सखुवा काठसमेत बरामद भएको छ ।
स ७ प १५३ नम्बरको मोटरसाईकलमा एक टुन काठ लोड गरेको र चार टुन लुकाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पक्राउ गरेको थियो ।
थप कारवाहीका लागि मोटरसाईकल र पक्राउ परेका सदालाई डिभिजन वन कार्यालय गाईघाट उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।
