Monday, April 20News That Matters

मोटरसाईकल ठक्करबाट घाइते बृद्धको मृत्यु

मोरङ, माघ ०२ गते ।

मोरङको बुढीगंगा गाउँपालिका(७ डंग्राहा स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट ७० बर्षिय बृद्दको मृत्यु भएको छ । बुधबार दिउँसो साढे १ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को १३ प ४६९३ नम्बरको मोटरसाईकलले स्थानीय छेतधर्नु खाँ थारुलाई हिडीरहेको अवस्थामा ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएको बृद्ध बिराट मेडिकल टंकिमा उपचारको क्रममा मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यलय बिराटनगरले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र मोटरसाईकल चालक मोरङको बुढीगंगा गाउँपालिका(७ डंग्राहा बस्ने बर्ष(२३ को अक्ष्य कुमार चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढाएको छ ।