
पूर्णपुष्टि, चैत्र १८
त्रियुगा नगरपालिका ३ मोतिगडाका एक वोर्डिङ स्कुलले विद्यार्थी र अविभावको लागि निशुल्क दन्त सिविरको अयोजना गरेको छ । स्ट्याण्डर्ड भिजन बोर्डिङ स्कुललको आयोजना तथा गाईघाट स्थित सेतो पुल छेउमा रहेको बिषहारा मल्टिस्पेशालीटी डेन्टल क्लिनिको समन्वयमा एक दिने निशुल्क सिविरको आयोजना गरिएको हो ।
बोर्डिङ संञ्चालक समितिका अध्यक्ष नवराज सिंह ठकुरीले बोर्डिङमा रहेको साना वालवालिकाहरुलाई बिषेश ध्यान पुराएर सिविरको आयोजना गरेको जनाए । ठकुरीले बालवालिका सहित अविभावको समेत दत्त परिक्षण गरिएको जनाए ।

बिषहरा मल्टिस्पेशालीटी क्लिनिकका डा. नारायण चौधरीले उक्त सिविरमा विद्यार्थी तथा अविभावको दन्त परिक्षण गरेको छ । डा. चौधरीका अनुसार सिविरमा १४६ जना वालवालिका विद्यार्थी र १५ जना अबिभावकहरुले दन्त परिक्षण गरेको जनाएको छ । चौधरीले सिविरमा सामान्य मुखको परिक्षण गर्दा मात्रै पनि दाँतको कुनै न कुनै समस्याहरु प्रत्येकमा देखिएको जनाएको छ ।
उनले प्राय सबैमा दन्त समस्या रहेको जनाए । चौधरीले समस्या परेकाहरुलाई कुनै एक अफरमा सुलभ उपचार गरिने जनाएको छ । उनले विद्यार्थी तथा अविभावकहरुका लागि क्लिनिकले १५ प्रतिशत छुटमा उपचार गर्ने समेत जनाएको छ ।
फोटोफिचर


