
पूर्णपुष्टि, ३१ जेष्ठ ।
सुनसरीका रामधुनी नगरपालिका ३ पिप्रहाका २० बर्षिय विनोद भट्टराई (बाल कवि) यतिवेला विना पैसा देश दौडाहामा छन् । उनि २१ दिन देखी देश दौडहामा व्यस्त छन् । भट्टराईले जेष्ठ १० गतेबाट सुनसरीबाटै यात्रा सुरु गरेका हुन् । हाल भट्टराईले उदयपुर सहित ११ ओटा जिल्ला डुलिसकेका छन् । भट्टराईले यसरी बिना पैसा देश दौडहाका लागि महत्वपूर्ण उदेश्य राखेका छन् ।
कवि समेत रहेका भट्राईले देशका लागि महत्वपूर्ण उदेश्य समेत राखेका छन् । भट्टराईको देश दौडाहको मुख्य दुई उदेश्य छन् । जसमा एउटा उदेश्य भनेको सुनसरी जिल्ला रामधुनी नगरपालिका स्थित रहेका रामधुनी मन्दीरको प्रचार प्रसार र अर्को ८४ मा युवा नेतृत्वका सन्देश रहेका छन् । देश पुराना विचार र पुराना नेताहरुले ध्वस्ता पार्दा नेपाली जनता र युवाहरु बिचल्लीत र असन्तुष्ट बनेको भन्दै अब ८४ मा युवा नेतृत्व अघि बढ्नु पर्ने भट्टराईको भनाई छ । उनले यस अभियानमा देश भ्रमण गर्दै गर्दा युवा र नयाँ प्रति चाहाना राख्ने ब्यक्तिहरु प्रसस्तै रहेको समेत जनाए ।
पुराना दल र नेताहरु प्रति जनताहरु असन्तुष्ट पोख्दै नयाँ नेतृत्वका लागि युवा नै नभएपनि नयाँ बिचार भएको ब्यक्तिहरुको खाँचो देसमा पर्दै गएको भन्ने भ्टराईले प्रतिक्रिया पाएको जनाए । भट्राईले देश सहि दिसा तर्फ लैजानका लागि युवा नेतृत्वका सन्देश जरुरी रहेको जनाए । भट्राईले देशको चिन्ता मात्रै बोकेर देश दौडिरहेका छैनन् । उनि आफ्नै नगरपालिकाको ऐतिहाँसिक धार्मिक स्थल रामधुनी मन्दीरको समेत प्रचार प्रसारमा छन् । नेपाली झण्डा सहित व्यानरमा रामधुनी नगरपालिकाको तस्विर छपाएर प्रचार सहित देश दौडाहमा निक्लेका हुन् । राम, लक्षमण र सीता वन वास जाँदा जंगलको बाटोमै रात परेपछि ध्वनी बालेर तापेको भनाई छ । सोही ध्वनी आज सम्म पनि वलिरहेको विश्वास छ । सोही अनुसार नगरपालिकाको नाम समेत रामध्वनी नगरपालिका राखिएको छ ।
उनले यात्रा गर्दा गाडीहरुमा लिफ्ट माग्ने गरेका छन् । यदि गाडीमा लिफ्ट नभएको अवस्थामा हिडेर यात्रा गर्छन् । उनका लागि यात्रा सुख छैन् । खान, वस्न र हिड्न निकै दुख छ । खानाका लागि धेरै ठाउँहरुमा भोकै हिड्न परेको बताउँछन् । सबै मानिसहरुले आफ्ने उदेश्यलाई विश्वास नगर्दा चुनौती पर्ने गरेको जनाए । कतै खान त कतै वस्न त कतै लिफ्टका लागि उनि समस्यामा पर्ने गरेको बताउँछन् । कतै भने सोचे भन्दा बढी सम्मान माया र उदेश्य सहितको खाना, वस्न र लिफ्टको समेत व्यवस्था पाउने जनाए ।
विना पैसै देश डुल्न सकिन्छ की सकिन्न भन्ने अनुभवका लागि पनि आफ्नो उदेश्य विना पैसा देश डुल्ने रहेको भट्टराईको भनाई छ । हाल २१ दिनमा ११ जिल्ला डुलि सकेको भट्टराईको यात्रा ७७ जिल्ला सम्म कति सम्भव छ त्यो हेर्न बाँकी छ । तर उनले आफ्नो यात्रा जुनै हालतमा पनि सफल बनाउने जनाए ।