Wednesday, May 20News That Matters

रवि लामिछानेको ७ जना समर्थक सर्वोच्च परिसरबाट पक्राउ

पूर्णपुष्टि,माघ १३ । सर्वोच्च अदालत परिसरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ७ जना समर्थकलाई पक्राउ गरेको छ । सभापति लामिछानेको नागरिकतामा कैफियत देखाउँदै सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनका समर्थकले नाराबाजी गरेका छन् ।

सर्वोच्च परिसरमा नाराबाजी गर्न थालेपछि ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।