रामजी र सम्झनाको ‘चाँदनी’ सार्वजानिक, प्रकाश सपुत र केकी अधिकारीको अभिनय

पूर्णपुष्टि, कार्तिक २७
लोकदोहोरी गायक रामजी खाँण र सम्झना भण्डारीले हालै बजारमा ‘चाँदनी’ बोलको गित सार्वजानिक गरेको छ । सो गितमा गायक तथा मोडल प्रकाश सपुत र नायिका तथा मोडल केकी अधिकारीले प्रस्तुती दिएकी छिन् ।

भिडियोका मोडल प्रकाश र केकीले गीत राम्रो बनेको बताउँदै सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यी दुईले यसअघि पनि केही म्युजिक भिडियोमा सहकार्य गरिसकेका छन् । त्यस्तै यी दुईको सहकार्य रहेको चलचित्र ‘परदेशी २’ प्रदर्शनको लागि तयार छ ।

गायक–गायिका रामजी र सम्झनाले गीत राम्रो बनेको बताउँदै माया गरिदिन स्रोता एवं दर्शकमाझ आग्रह गरे । निर्देशक विक्रम स्वारले अन्य गीतहरूको निर्देशन गरिरहे पनि लोकदोहोरी भिडियो पहिलोपटक निर्देशन गरेको बताउँदै सकेको मेहनत गरेको बताए ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । थुप्रै लोकदोहोरी गीत ल्याइसकेको पृथ्वी इन्टरटेन्मेन्टले ‘चाँदनी’ गीतलाई प्रस्तुत गरेको हो ।
सुजन लम्सालले लेखेको यो रोमान्टिक खालको गीतमा संगीत पनि उनले नै गरेका छन् भने गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन् । विक्रम स्वारको निर्देशनमा यस गीतको भिडियो तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: