पूर्णपुष्टि, १३ ।
राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको दोस्रो अधिवेशनले रिदम राईको नेतृत्वमा १९ सदस्यीय कमिटी चनय गरेको छ ।
शुक्रबार काठमाण्डौँमा भएको अधिवेशनले राईको नेतृत्वमा पाँच पदाधिकारी सहित १९ जनाको कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा अजय चौधरी, सचिवमा हेम बहादुर मगर, सह सचिवमा प्रतियुस राउत, गिता मगर र कोषाध्यक्षमा बिकास मगर रहेको छ ।
निर्वाचित अध्यक्ष रिदम किरातीले युवाहरुलाई संगठीत गर्ने र पछिल्लो समय राजनितिकमा बढ्दै गएको बिकृतिलाई समधानको प्रयासमा जुट्ने जनाए ।
बिषेशगरी उदयपुरका युवाहरुलाई क्रियाशिल बनाउँदै राजनितिक वितृस्नालाई न्युनिकरण गरी युवाहरुलाई राजनितिकमा थप विश्वास बढाउने कार्यसमितिको काम रहने अध्यक्ष राईले जनाए । यस संगठनले उदयपुरका युवाहरुलाई क्रियाशिल र मजवुद बनाउँदै देश जनताको निम्ति सकरात्मक राजनितिक गर्न हौसाला प्रदान गर्ने जनाए । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी काठमाण्डौँ, भक्तपुर र ललितपुर बाहेक देशको ७४ जिल्ला गठन भएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कोषाध्यक्ष राकेश राईको प्रमुख आथित्यतामा उदयपुरका अधिवेशन सम्पन्न भएको थियो ।