Friday, February 7News That Matters

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरले फुटसल प्रतियोगिता गराउने

पूर्णपुष्टि, १६ पुष ।
राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरले काठमाण्डौँमा कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगिता गराउने भएको छ । काठमाण्डौँ स्थित शान्ति नगर फुटसल नयाँ बानेश्वरमा शुक्रबार फुटसल प्रतियोगिता गराईने कमिटीका अध्यक्ष रिदम किराँतीले जनाए । किरातीका अनुसार प्रतियोगितामा कोशी प्रदेशको १४ ओटै जिल्लाहरुले सहभागी जनाउने भएको छ । जसमा आयोजकको दुई टिम गरी १५ ओटा टिमले प्रतियोगितामा सहभागी जनाउने अध्यक्ष किरातीले जनाएको छ ।

युवाहरुलाई क्रियाशिल र संगठित गर्ने, भाईचारा बढाउने, स्वास्थ्य र मनोरञ्जनको माध्यमबाट युवाहरुलाई संगठनमा आवद्ध गराउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने राईले जनाए । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार ५५५ शिल्ड, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद रु १० हजार ५५५ रुपयाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।