
पूर्णपुष्टि, असार २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले विभिन्न विभागीय जिम्मेवार तोकेको छ । त्रियुगा नगर समिति, उदयपुरले नगरपालिका भित्रका र्याट स्वास्थ्य गुनासो लगाएत अत्यन्तै महत्त्वपूर्ण विभागको जिम्मेवारी तोकेको हो ।
यही असार १३ गते आईतबार सम्पन्न भएको रास्वपा त्रियुगा नगर भेला र पालिका विभागको जिम्मेवारी तोक्ने क्रममा असार २१ गते पत्र जारी गर्दै विभिन्न विभागीय पदको जिम्मेवारी दिएको छ । रावस्पाका त्रियुगा नगर सभापती उत्तम रिजालले जारी गरेको पत्रमा र्यापिङ एक्सन टिम संयोजकमा त्रि.न.पा ११ का हरी बहादुर बुढाथोकी नियुक्त भएका छन् भने सचिवमा त्रि.न.पा ३ का टिकाराम गिरी नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्याको विभागको संयोजकमा त्रि.न.पा ११ का डा. देवी कुमारी गौतम नियुक्त भएका छन् भने सदस्यमा त्रि.न.पा १३ का तेज बहादुर कटुवाल र त्रि.न.पा ३ का सुर्य नारायण साह नियुक्त भएका छन् । शिक्षा व्यवस्थापन विभागको संयोजकमा त्रि.न.पा ४ का उद्धव घिमिरे नियुक्त भएका छन् भने सदस्यमा त्रि.न.पा २ का मोहन बहादुर कार्की नियुक्त भएका छन् । गुनासो विभागको संयोजकमा त्रि.न.पा ११ का खड्ग बहादुर राउत नियुक्त भएका छन् भने सदस्यमा त्रि.न.पा ८ का शुशिल कार्की नियुक्त भएका छन् ।
जिल्ला संयोजक तथा कोशी प्रदेश सदस्य चित्रकुमार कार्की त्रियुगा नगरपालिका सभापति उत्तम रिजाल लगाएत पार्टी सदस्यहरूको उपस्थितिमा जिम्मेवारी तोकिएको हो ।
