Friday, July 11News That Matters

रौतामाईमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाकार्यक्रमको समिक्षा

पूर्णपुष्टि १५ असार

उदयपुरको रौतमाई गाउँपालिकाले आ.व.२०८१/८२को अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमकको समिक्षा सम्पन्न गरेको छ। गाउँपालिका उपाध्यक्ष भुपिन्द्रा बहादुर थापाको सभा अध्यक्षतामा संचालन गरिएको सो समिक्षा कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, पालिका शाखाप्रमुखहरु, स्वास्थ्य सस्था, बिद्यालय, वडा सचिव, अपाङ्गता भएका ब्यक्तिहरुको संस्था ओपिडि र मिलिजुलि समुहका सदस्यहरु लगाएत ५० जना भन्दा बडिको सहभागिता रहेको थियो। नितान्त अपाङ्गता भएका ब्यक्तिहरुको अपाङ्गता रोकथाम र पुनः स्थापनाको पाटोमा रहेर बिभिन्न क्रियाकलाप गरिरहेको सो कार्यक्रमले अपाङ्गता भएको ब्यक्तिहरुको हक अधिकार, शिक्षा, स्वास्थ्य, जिबिकोपार्जन, सामाजिकिकरण र शसक्तिकरणमा काम गरिरहेको छ। बिगत डेढ बर्ष यता यस कार्यक्रम रौतामाई प्रभावकारि बनिरहेको सभा अध्यक्ष भुपिन्द्र थापाले बताउनु भएको छ। त्रिपक्षीय लागत साझेदारिमा संचालित यस कार्यक्रमले अपाङ्गता भएको ब्यक्तिहरुको लागि राम्रो काम गरिरहेको छ हामि अनुगमन मूल्याकंन गरिरहेका छौ केहि परिवर्तन पनि पाएका छौ प्रमुख अतिथि मगरले भन्नेभएको छ। सो कार्यक्रमको सन्चालक लोक बहादुर बिक हुनुहुन्थ्यो भने समिक्षाको प्रस्तुतिकण अपाङ्गता सहायता सहजकर्ता पबित्रा कुमारि मगरले गर्नु भएको थियो।