लागुऔषधसहित एक जना पक्राउ

पूर्णपुष्टि, पुष ६
मोरङको मिक्लाजुङ गाउँपालिका–६ बाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेको छ । मिक्लाजुङ–६ का २६ वर्षीय बिक्रम लावतीको घर कोठा खानतलासी गर्दा १५ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित उनी पक्राउ परेको हो ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले लावतीलाई पक्राउ गरेको थियो । पक्राउ परेका लावतिलाई नापतौल गर्ने यन्त्र १ थान, को.३२प ७६०२ नम्बरको मोटरसाईकल १ थान, मोवायल १ थान, नगद ५ हजार २५ रुपैयाँसहित नियन्त्रणमा लिईएको छ । पक्राउ परेका लावती माथि इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान भईरहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: