
पूर्णपुष्टि, ५ फागुन ।
प्रख्यात नेपालका र्यापर आषिश राना (लाउरे) ले लागुऔषाध प्रयोगकर्ताहरुलाई तिन ओटा सुझाव दिएको छ । उनले भनेका छन्, कि राम्रो भविष्य र सबैको प्यारो हुन कि लागु औषाध त्यात्गनुस नत्र मानवहित जिवन बिताउनुस् । उनले जिल्ला प्रहरी कार्यालय उदयपुरले संञ्चालन गरेको लागु औषाध दुव्र्यसन नियन्त्रन कार्यक्रम अन्तर्गत (आई डिएर नो ड्रग क्याम्पियन) कार्यक्रम अभियानको क्रममा त्रियुगा लागु औषाध प्रयोगकर्ताहरुलाई यसबाट टाढा रहन सुझाए ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा संञ्चालन दोस्रो प्रदेश महोत्सवमा प्रहरीद्धारा आयोजित लागु औषाध दुव्र्यसन नियन्त्रण अभियानको क्रममा र्यापर लाउरेले दशौँ हजार मानिसहरुलाई लागु औषाधबाट पर रहन सुझाएको हो । लाउरे कुनै पनि बेला आफु पनि त्यस अवस्थामा पुगेको र अहिले सामान्य जिवनमा फर्केर मानवरुपी जिवन बाँचिरहेको जनाए । उनले लागु औषाध अपराध नभई रोग रहेको जनाए । यसलाई सबैको माया, साथ पाएमा यसबाट पर बस्न सकिने उनले अनुभव सुनाए । उनले लागु औषाध प्रयोगकर्ताहरुलाई दुव्र्यसनबाट टाढा रहन नसके तिन ओटा क्षती भोग्नु पर्ने बताए । उनले मुख्यतया लागु औषाध तत्काल नछाड्नेहरुलाई कित २० देखी २५ बर्ष सम्म जेल, समाज र परिवारबाट बोझ र सँधैको लागि संसारबाट टाढा यी तिन कुराको सुझाव उनले प्रयोगकर्ताहरुलाई दिए । उनि आफुपनि यसको कुनै बेला रोगी हँदा आफ्नै भोगाईहरु हजारौँ उपस्थितहरुलाई सुनाए ।
