Saturday, June 13News That Matters

लागुऔषध ब्राउन सुगरमा संलग्न महिला सहित ६ जना पक्राउ

पूर्णपुष्टि, भदौ १३

मोरङको बिराटनगर महानगरपालिका –१४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनी नगरपालिका–८ घर भई बिराटनगर–१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङ, सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, बिरानगर–१५ का २४ बर्षीय बरुण साह, बिराटनगर–३ का ३० बर्षीय आशिस हमाल, बिराटगर–१३ का ३० बर्षीय सुलभ रिजाल र धरान–२० का २३ बर्षीय रोशन लिम्वु रहेका छन् ।गत शुक्रवार बेलुका लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु सहित ६ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।