Monday, April 20News That Matters

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, साउन २७ गते ।
लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका–४ काकुम बस्ने २६ बर्षीय निबेक श्रेष्ठ रहेका छन् । उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) बाट खटीएको प्रहरी टोलिले हिजो खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरिएको हो ।
पक्राउ परेका श्रेष्ठलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले आज कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको छ । फरार रहेका श्रेष्ठको लागु–औषध मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।१० गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ९ महिना १ दिन कैद र एक लाख जरीवाना तोकेको थियो । कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।