
पूर्णपुष्टि, माघ २१
सुनसरीको धरान उप महानगर पालिका–१४ स्थितबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१४ का ३४ बर्षीय रमेश परियार, धारान–१० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका–६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी रहेका छन ।
हिजो बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्यावलेट बरामद गरेको हो । पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
