लागूऔषध सहित एक जना पक्राउ

पूर्णपुष्टि, पुष २४

मोरङको बिराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौ तारकेश्वर नगरपालिका–७ का २० बर्षीय संग्राम राई रहेका छन् । शुक्रबार दिउसो २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध नाईट्राभेट १२० चक्की बरामद गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: