Wednesday, June 17News That Matters

लाहान बाट बेपत्ता उदयपुरका ललित अझै फेला परेन

पूर्णपुष्टि, माघ २२ गते ।
एक हप्ता देखी बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडुवाका १५ बर्षिय बालक ललित चौधरी अझै पनि सम्पर्कमा आउन सकेको छैन् । परिवारले तिव्र गतिमा खोजी गर्दा पनि उनि अझै फला पर्न नसकेको हो । लाहान बाट बेपत्ता चौधरीको खोजीका लागि लाहान प्रहरीलाई पनि प्रहरीले जाहेरी दिएका थिए । छोरा खोजी पाउँदै भन्दै जाहेरी दिएको परिवारले प्रहरीबाट पनि पत्ता लाग्न नसकेको हो । परिवारको अनुसार सबै पक्षबाट छोराको खोजीनिती भैरहेको जनाए ।

लहान प्यारागन स्कुल कक्षा ८ मा अध्ययनरत चौधरी १६ गते बाट बेपत्ता भैरहेको हो । उनि पोसाकमै गत सोमवार अन्दाजि बेलुका ४ः०० बजे लहान हस्पिटल चौकबाट बेपत्ता भएको परिवारको भनाई छ । आमा सङ्गै माइक्रो बसबाट ओर्लेर आमालाइ झुक्याएर भागेको उनि हाल सम्म पनि सम्पर्क विहिन अवस्थामा रहेको छ । आफ्नो छोरा पत्ता लागाईदिन परिवारले सवैलाई खोजेर सहयोग गर्दिन अनुरोध गरेको छ। बालक फेला परेको अवस्थामा ९८१९७८५११२, ९८२५०२९९१६ र ९८६२९४५८३४ मा परिवारलाई खबर गर्न सकिने छ ।