Wednesday, June 17News That Matters

लिटर्स फ्लावर्स बोर्डिङका सञ्चालक खड्का विरुद्ध जग्गा कब्जा गरेको भन्दै उजुरी

पूर्णपुष्टि, जेठ ८ । उदयपुरको लिटर्स फ्लावर्स बोर्डिङ स्कुलका सञ्चालक अशोक खड्का विरुद्ध जग्गा कब्जा गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । त्रियुगा नगरपालिका १० बोक्से बस्ने सञ्चालक खड्कामाथि जबरजस्ती जग्गा कब्जा गरेको भन्दै आईतबार उजुरी परेको हो ।

बोर्डिङका सञ्चालकले जबरजस्ती आफ्नो जग्गा कब्जा गरेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुईपा बस्ने अमृतकुमार राईले प्रहरीमा उजुरी दिएका हुन् । सञ्चालकले बोर्डिङको उत्तर सिमानामा जोडिएको भुमरसुवा ४÷क कित्ता नम्बर ९१४ र कित्ता नम्बर ९१६ को जग्गा कब्जा गरेको राईको दाबी छ । पीडीत राईको उजुरीपछि कार्वाहिका लागी जिल्ला प्रहरी कार्यालय उदयपुरलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । राईले जग्गा भोगचलन सहयोगको लागी त्रि.न.पा १० बोक्से र बरगाछी टोल सुधारमा समेत उजुरी दिएका थिए ।

राईको उजुरीमा ‘सोमबार समाजका मानिसहरुको भेलामा पूर्व सहमति अनुसार अनुरोध पूर्वक जग्गा खाली गरिदुनु भन्दा सञ्चालक खड्का र उनका परिवारका सदस्यहरुको हुल मद्दतमा समाजको कुरालाई समेत वास्ता वेस्ता नगरी आफुमाथि हेपाहा तरिकाले जग्गा खाली गर्दिन, के गर्न सक्छस गर, जाहाँ जान सक्छस जा भनी अशान्ती गरी धाकधम्की दिएको’ उल्लेख छ । विपक्षीलाई पक्राउ गरी घटनाको बारेमा वास्तविक अनुसन्धान गरी दोषीमाथि कारर्वाहिको माग गर्दै, विपक्षीले हालसम्म भोगचलन गर्दै आएको जग्गाको क्षति पुर्ति समेत दिलाई भराई आफ्नो जग्गा भोगचलन गर्न पाउने व्यवस्था मिलाई दिन ‘उजुरीमा भनिएको छ ।