लिम्चुङबुङको पहिलो कार्यपालिका बैंठक : प्रभावकारी सेवामा जोड

पूर्णपुष्टि, जेठ २९ गते ।
लिम्चुङबुङ गाउँ कार्यपालिकाको पहिलो बैंठकले विभिन्न विषयगत समितिका संयोजक चयनसहित विविध निर्णय गरेको छ । जनताको कामलाई छिटो, छरितो र प्रभावकारी बनाउन संयोजक तोकिएको र कर्मचारी र सेवाग्राहीको हितलाई मध्येनजर गर्दै केही निर्णयहरु भएको पालिका अध्यक्ष मेजरकुमार राईले बताए ।
अध्यक्ष राईका अनुसार स्थानीय निर्वाचनमा जनप्रतिनिधि चयन गर्ने काममा सरिक पालिकाबासी सबैलाई धन्यवाद ज्ञापन गर्दै सुरु भएको बैंठकले विषयगत समितिको संयोजक तथा निर्णयहरु सर्बसहमत गरेको हो । भौतिक पूर्वाधार विकास समितिको संयोजकमा ३ नं. वडाध्यक्ष गुरुमणी कुमाई, सामाजिक विकास समितिको संयोजकमा २ नं. वडाध्यक्ष जितेन राई रहेका छन् । त्यस्तै आर्थिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य गणेश राई, सार्बजनिक सेवा प्रवाह, सुशासन तथा क्षमता विकास समितिको संयोजकमा ४ नंं वडाध्यक्ष क्षत्र राई, लेखा समिति संयोजकमा ५ नं. वडाध्यक्ष बसन्त राई रहेका छन् । त्यसैगरी विधान समिति संयोजकमा कार्यपालिका सदस्य जयराम राई, कृषि विकास समितिको संयोजकमा १ नं. वडाध्यक्ष जनदिप थापा मगर र भाषा तथा संस्कृती तथा पर्यटन विकास समितिको संयोजकमा कार्यपालिका सदस्य जमुना कार्की रहेका छन् ।
कर्मचारीहरुले कार्यालय समयमा युट्युव, फेसबुक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने बैंठकले निर्णय गरेको छ । पोशाक अनिवार्य गरी कार्यालय समयमा आउने र जाने नियमलाई पूर्ण पालना गर्नुपर्ने कर्मचारीहरुका लागि आधा घण्टा खाजाको समय दिने निर्णय पनि भएको छ । दिउसो १ : ०० देखि १ : ३० बजेसम्म खाजाको समय छुट्याउने निर्णय भएको हो ।
प्रत्येक महिनाको २८ गते वडा र पालिकाको सबै शाखाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुपर्ने र हरेक महिनाको २९ गते कार्यपालिकाको नियमित बैंठक बस्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: