
पूर्णपुष्टि, जेष्ठ, १
लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन बिजयी भएका छन् । संयुक्त गठबन्धनको तर्फ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका मेजर कुमार राई अध्यक्षमा विजयी बनेका छन् भने गठबन्धन बाटै उम्मेदवारी दिएका पुष्पलाल राई उपाध्यक्षमा बिजयी बनेका छन् । अध्यक्षमा राई २०५१ मत ल्याएर बिजयी बनेका हुन् । यता पुष्पलाल राईले उपाध्यक्षमा १९३३ मत ल्याएर बिजयी बने ।
अध्यक्षमा एमाले बाट उम्मेदवार दिएका प्रतिद्धन्दी राजकुमार राईले १५९९ मत मात्र प्राप्त गरे । यस्तै एमालेका उपाध्यक्ष बेद कुमारी कार्कीले १०७३ मत मात्र प्राप्त गरे । यसैगरी माओवादी बाट बागी उम्मेदवार दिएका होम किराँतीले ६१९ मत ल्याए । यस्तैगरी कांग्रेस बाटै बागी उम्मेदवारी दिएकी रमिला राईले ९१८ मत ल्याईन् । सो पालिकामा एमाले बाट एक वडा सदस्य र एक स्वतन्त्र बाहेक सबै वडाहरुमा गठबन्धनले बिजयी हाँसिल गरेको छ । वडाअध्यक्षहरुमा पालिकाको ५ नं कांग्रेसका कविचन्द्र राई, ४ मा जनता समाजवादीका छत्र बहादुर राई, ३ मा स्वतन्त्र उम्मेदवार गुरुमणी कुमाई, २ मा माओवादीका जितेन राई र १ मा माओवादीकै जनदिप राई बिजयी बनेका छन् ।
