
पूर्णपुष्टि, माघ ५
लिम्चुङबुङ गाउँपालिकाले आफ्ना पालिकावासीहरुलाई लेख रचना भए उपलब्ध गराउ अनुरोध गरेको छ । पालिकाको ५ बर्ष” पुस्तकमा प्रकाशनका लागि आफ्नो पालिकामै स्थानीयहरुले रचना गरेको कुनै पनि लेख रचना भए पालिकालाई उपलब्ध गराउन सूचना मार्फत अनुरोध गरेको हो । पालिकाको ५ ओटै वडाहरु ताम्लीछा, वालाम्ता, बास्वोटे, जाँते र बाराहाका स्थानीयहरुलाई आफु सँग भएको लेख रचना उपलबध गराईदिन अनुरोध गरेको पालिका अध्यक्ष मेजर कुमार राईले बताए ।
राईले लिम्चुङबुङ गाउँपालिका हरेक क्षेत्रले अगाडी रहेको समेत जनाउँदै रचनाको हस्पोट क्षेत्र पनि रहेको जनाए । यहाँ धेरै ठुला ठुला प्रगति गर्ने व्यक्तिहरु जन्मिए सँगै रचना तथा साहित्यको क्षेत्रले पनि पालिका अग्र स्थानमै रहेको भन्दै त्यहाँका स्थानीयहरुको लेख रचनालाई पालिकाको ५ बर्षे पुस्तकमा प्रकाशनका लागि रचनाहरु उपलब्ध गराउन अनुरोध गरेको जनाए ।
रचना सम्बन्धित वडाको ऐतिहाँसिक चिनारी, वडाको धार्मिक सांस्कृतिक, ठाउँको महत्वको वर्णन, तथा वडाको पर्यटकीय क्षेत्रको बर्णन गरेको हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै रचना मौलिक तथा अनुसन्धान गर्ने मुलक हुनुपर्ने, वडालाई कुनै पनि धार्मिक, सांस्कृतिक, पर्यटकीय र ऐतिहांसिक मुलक सम्बन्धि छोएर सामाग्री रचना गरिएको हुनु पर्नेछ ।
लेख रचना प्रितिवा युनिकोर्ट पम्र्याटमा टाईप गरी एफो साईज सफ्ट कपी सहित पालिकाको आधिकारिक इमेल मा पठाउन सकिने छ, भने प्राप्त लेख रचना मध्य प्रकाशन योग्यका लालि सम्पादन मण्डल समेत निहित रहने छ । थप जानकारीका लागि पालिकाको आधिकारिक व्यक्ति विपन राईलाई ९८६३८६९५१३ मा सम्पर्क गर्न सकिने पालिकाले जनाएको छ ।