Saturday, April 26News That Matters

लिम्चुङबुङ सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा विश्वराम राई नियुक्ती

पूर्णपुष्टि, ८ चैत्र ।
लिम्चुङबुङ गाउँपालिकाले सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा विश्वराम राईलाई नियुक्त गरेको छ । पालिकाको निर्णय अनुसार शुक्रबार पालिकाको सांस्कृतिक प्रतष्ठानमा राईलाई अध्यक्ष नियुक्त गरेको हो । राईलाई पालिका अध्यक्ष मेजर कुमार राईले सपथ खुवाई पदवहाली गराएको छ । कार्यपालिकाको १२ औ बैठकले राईलाई सास्कृतिक प्रतिष्ठानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

लिम्चुङबुङ गाउँपालिकाको कला, साहित्य, भाषा, सस्कृति, ललितकला लगायतको बिषयमा खोज अनुसन्धन गरी सास्कृतिक प्रतिष्ठानलाई संस्थागत विकास गर्दै लिम्चुङबुङको चिनारी स्थापित गर्ने उद्देश्यले अध्यक्षमा नियुक्त गरिएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताउनु भयो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राई स्थानिय जनप्रतिनिधि, कर्मचारी नागरिक लगायतको उपस्तिथीमा राईलाई प्रतिष्ठानमा नियुक्त गरेको अध्यक्ष राईले जनाए । बौद्धिक व्यक्तित्व राई लिम्चुङबुङ गाउँपालिका ४ बलम्ता स्थित क्यापटेन पर्शुराम राई माध्यमिक विद्यालयका सायहक प्रधानध्यापक समेत हुन् । राईले सास्कृतिक प्रतिष्ठानको ४ बर्ष कार्याकाल सम्हाल्ने छ ।