
पूर्णपुष्टि,जेष्ठ १९ । कार्यक्रमको शिर्षकले नै महिला पुरुष दुबै लाई लक्षित गरे पनि त्रियुगा नगरपालिका वडा नम्बर-४, मा आयोजित लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रममा पुरुषको सहभागिता शून्य भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र त्रीयुगा नगरपालिकाको समन्वयमा मुलधार महिला सेवा केन्द्र ९मासबेस० को आयोजनामा सन्चालन भएको कार्यक्रममा जम्म ४९ सहभागी मध्य पुरुषको सहभागिता शून्य रहेको हो ।
लैंगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्न बनेको ऐन २०७२ अनुसार लैंगिक हिंसालाई सार्वजनिक वा निजि जिवनमा लिङ्गको आधारमा कसैप्रती शारीरिक यौन जन्य वा मानसिक क्षती वा पीडा पुर्याउने कार्य भनेर स्पस्ट परिभाषित गरेको छ । पुरुषको तुलनामा बढी महिला, किशोरी, बालबालिकाहरु बढी हिंसा पिडित हुने भएपनी पुरुष बिनाको लैंगिक हिंसा विरुद्धको अभियान अपुरो हुनुको साथै पुरुषपनी हिंसा पिडित हुन सक्छन भन्ने सोच राखेर कार्यक्रम गर्नु पर्ने नागरिक अभियन्ता राजकुमार घिमिरे बताउछन। पुरुषको सहभागिता नहुनुले लैंगिक हिंसा प्रती आयोजकको बुझाईमा कमि रहेको उनकाे भनाइ छ । त्यसैगरि कार्यक्रम आयोजना गर्ने सस्था मासबेश उदयपुरका अध्यक्ष नजबुल खान निलमले कार्यक्रम सम्झौतामा नै लक्षित सहभागिता महिला, किशोरी भएकोले पुरुषलाई सहभाहिता नगरिएको बताउनु भयो । उहाले आगामी कार्यक्रममा पुरुषलाई पनि सहभागी गर्ने जानकारी दिनु भयो ।
त्रीयुगा नगरपालिकामा आयोजना हुने लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रममा महिला,पुरुष र तेश्रो लिङ्गीलाई समेत सहभागिता गराउदा लैंगिक हिंसा न्युनिकरण गर्नमा थप मद्दत पुग्ने त्रीयुगा नगरपालिकाका सामाजिक अधिकृत राजकुमार खड्काले बताउनु भयो ।
सचेतना कार्यक्रम अभियानकै रुपमा १७ गतेबाट वडा न १ बाट हुँदै २० गते सम्म वडा नम्बर ६ मा टुङिने आयोजकले जानकारी दिएको छ।
