Monday, April 20News That Matters

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक रेग्मी पक्राउ

पूर्णपुष्टि, फागुन ८ गते । विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । रेग्मीलाई आज प्रहरीको केन्द्रिय साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रिय साइबर ब्युरोका एसएसपी नवीन्द्र आर्यालले थाइल्याण्डबाट आएका रेग्मीलाई बिमानस्थलबाटै पक्राउ गरेको बताए ।

महेशचन्द्र आचार्यले रेग्मविरुद्ध ब्यूरोमा विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कार्वाही प्रक्रिया अघि बढाइने समेत एसएसपी अर्यालले जनाए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।