Monday, June 1News That Matters

विराटनगरको फर्निचर उद्योगमा आगलागी, ५० लाखभन्दा बढीको क्षति

पूर्णपुष्टि, असोज २८ गते ।
विराटगर महानगरपालिका–९ मा रहेको माता धनवन्ती फर्निचर उद्योगमा हिजो राति आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । मनिष राजवंशीले सञ्चालन गरेको उद्योगमा हिजो राति ८ बजेतिर आगलागी भएको थियो । प्रारम्भिक विवरणअनुसार आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर उद्योगसहित त्यहाँभित्र रहेका सबै सामान जलेर नष्ट भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
उनका अनुसार आगो नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेको थियो । पाँचवटा दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।