Sunday, March 15News That Matters

विशाल राई बने उदयपुर आईडल सिजन २ को बिजेता

पूर्णपुष्टि, गाईघाट, पुष २७ गते ।
उदयपुर आईडल सिजन २ को बिजेता बिशाल राई बनेका छन् । त्रियुगा नगरपालिका वडा नं १६ का विशाल पुस ६ गते गाईघाट बाँसघारी पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालीबाट सिजन २ को बिजेता बनेका हुन् । उनले  ६ जना  फाइनलिस्टहरूलाई पछि पार्दै उपाधी चुमेका हुन् । राईले बिभिन्न चरणहरु पार गर्दै आईडलमा बलियो कब्जा जमाएका थिए । बिजेता बनेका बिशालले नगद रु एक लाख र ट्रफि हात पारेका छन् । आईडल उदयपुर कलाकार समाजको आयोजनामा भएको थियो ।