Sunday, June 14News That Matters

विश्वकप २०२६ को लोगो र फाईनल खेलको मिति सार्वजनिक

पूर्णपुष्टि, जेठ ४ । फुटबल खेलको महाकुम्भ मानिने फिफा विश्वकप आगामी २०२६ मा हुदैँछ । तर उक्त विश्वकपको लोगो सार्वजनिक गरिएको छ । अगामी सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको लोगो सार्वजनिक गरिएको हो ।

अझै तिन बर्ष समय रहेको विश्वकपको लागो फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार एक समारोहका बीच सार्वजनिक गरेका हुन् । विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र ५३ वर्षीय इन्फान्तिनोले लोगो अनावरण गरेका हुन् ।

फिफाका बिजनेश अफिसर रोमी गाईले यसपल्टको विश्वकपको लोगो सरल डिजाईन हुनुको कारण स्प्रष्ट पारेका छन् । रोमी गाईका अनुसार लोगोले समर्थकहरुलाई नयाँ प्रतीक, टाइपफेस र मुख्य रंग गरी तीन रोमान्चक तत्वहरुको परिचय गराउँछ । आगामी महिना र वर्षहरुमा यो प्रतियोगितालाई जीवन्त बनाउने उनले बताए । सरल लोगोले मानिसहरुलाई थुप्रै तरिकाबाट प्रयोग गर्न सहज हुने उनको दावी छ । सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन् । केहि रेकर्डेड प्रस्तुतिहरु पनि देखाइएको थियो ।

विश्वकप फाईनल खेलको मिति सार्वजनिक

तिन बर्षपछि हुने फिफा विश्वकपको फाईनल खेलको मिति समेत सार्वजनिक गरिएको छ । पहिलो पल्ट विश्वकपमा ४८ टिमले प्रतिष्पर्धा गर्ने फाईनल खेल १९ जुलाई, २०२६ आईतबार तोकिएको छ ।

विश्वकपको १६ खेलस्थल सार्वजनिक भएको मध्ये क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रंगशालामा सञ्चालन गरिनेछ । विश्वकपमा छनोट भएका सबै टिमहरुले आफ्नो टिम घोषणा गर्ने अन्तिम समयसीमा २५ मे, सन् २०२६ हुनेछ ।