Monday, June 1News That Matters

व्यवसायीक किवी खेतीमा रमाउँदै खोटाङ खिरौँलेकी अम्बिका राई

पूर्णपुष्टि, असोज २७
फलफुलको राजाको रुपमा लिईएको किवी मानव शरिरमा कयौँ फाईदाकै कारण महत्वपूर्ण बन्दै गएको छ । बिषेशगरी लेख तथा चिसो ठाउँमा हुने किवी पछिल्लो समय कृषकहरुको आकर्षक बन्दै गएको छ ।
खोटाङको दिपु्रङ् चुईचुम्मा गाउँपालिका ६ स्थित अम्वीका राईले आफ्नो सबै जग्गामा सात सय बढी किवी लगाएर व्यवसायीकरण गरेकी छिन् । सबैले गाउँ छाडेर शहर छिरे पनि उनि भने गाउँमै किवी उत्पादनमा लागेकी छिन् । गाउँबाट शहर फस्ने होटबाजीका कारण त्यस ठाउँका किवी फल्ने महत्वपूर्ण ठाउँहरु अहिले सुनसान अवस्थामा छ ।

खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका ६ की अम्वीका राईको आकर्षक किवी खेती ।

शहरीकरणका कारण उजाड गाउँ जस्तै भैसकेको खिरौँलेमा राईले भने किवी खेतीको व्यवसाय गरी बाँजो जमिनको सदुपयोग गरेकी छिन् । बिगतका बर्षहरुमै ५ लाख सम्म आम्दानी गरेकी राईले यो बर्षबाट बार्षिक ७ लाख सम्म कमाउने तार्गेटमा उत्पादन बढाएकी छिन् । ७० सालमा पहिलो चरणको परिक्षणमा राम्रै सफलता पाएपछि उनी ७३ सालदेखी व्यवसायीक किवी खेती तर्फ लागिन् ।

बिगतका बर्षहरुमा ५ लाख सम्म आम्दानी गरेकी राईले दुई सय, पाँच सय गर्दै हाल सात सयको हाराहारीमा किवी लागाई यो बर्षबाट आम्दानी पनि ७ लाख बनाउने तार्गेट रहेकी राई बताउँछिन् । खिरौँले निकै उच्च र लेख ठाउँ हो । यस क्षेत्रमा स्याउ किवी, आलु लगायतको उत्पादन अत्यादिक हुने राईले बताईन् । नेपालकै महत्वपूर्ण फलफुलहरु फल्ने ठाउँ भएपनि त्यस क्षेत्रमा काम गर्ने मान्छेहरु भने छैन् । सबै बसाईसराई गरी शहर छिरेपछि उत्पादनको माटोहरु त्यसै खेरौ गैरहेको छ । त्यस क्षेत्रमा बाँकी रहेको वस्तीहरुले भने प्रत्येक घरमा किवी लगाएको छ । अहिले राई सहित व्यवसायीक किवी खेतीमा राजेश थापा, सोही वडाका वडाअध्यक्ष मिलन राई लगायत लागि परेको छ भने प्रत्येक घर किवी खेतीमा जोसिएको छ । हाल राईले रेड किबी, मुन्ट्री, गोल्डेन, हेवाड, एलिसन र ब्लुनो लगायत प्रजातिको किवीहरु लगाएकी छिन् । राई नेकपा एस खोटाङकी प्रवावशाली नेता समेत हुन् भने उनिले आउँदो मंसिर ४ का प्रतिनिधि सभा तर्फ समानुपातिकको उम्मेदवारको टिकट समेत पाईकी छिन् ।