Monday, February 17News That Matters

श्रीमतीको जन्म दिनमा ११ लाखको जिवन बिमा उपहार

पूर्णपुष्टि, २० पुष
हिजो आज जिवन विमा सबैको लागि महत्वपूर्ण बन्दै गएको छ । बुझेर गरोस या नबुझेरै गरोस तर जिवन विमा गर्ने मानिसहरुलाई कहिल्यै पछुतो हुने छैन् । बिमा पछिल्लो समय मानिसको अपरिहार्य नै बन्दै गएको छ । जिवन विमाले आर्थिक बचत सँगै जिवनको जोखिमलाई आर्थिक पहुँचमा बदल्छ । हालको समय बिमा गराउने व्यक्तिहरु जति क्रियाशिल छ उतिनै गर्नेहरु पनि क्रियाशिल बन्दै गएको छ । बिमा गर्नु पर्छ भन्ने चेतनाको विकास बढ्दै गएपछि मानिसहरुले बिमालाई जिन्दागिको आवश्यकता भनेर बुझ्दै गएको छ ।

यसरीनै जिवन विमाको आवश्यकता र फाईदालाई बुझेर उदयपुरमा एक जोडिले भने जन्मदिनको अवसर पारेर जिवन विमा गरेको छ । बेलका नगरपालिका ७ मैदामैनी बस्ने पारुहाङ राईले श्रीमती हिरा कुमारी राईको जन्म दिनमा ११ लाखको जिवन विमा उपहार प्रदान गरे । राई दम्पतिले सनलाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखामा गएर श्रीमतिको ४५ औँ जन्म उत्सवमा ११ लाख बराबरको जिवन विमा उपहार प्रदान गरेको हो ।

श्रीमतीलाई उपहार स्वरुप विमा प्रदान गरेका श्रीमान राईले पनि श्रीमती सँगै आफ्नो पनि बिमा गरेको छ । राई दम्पतिले सावधिक योजजना अन्तर्गतको बिमा गरेको हो । उनिहरुले एघार लाखको दरले सँगै २२ लाख बरावरको जिवन विमा गरेको हो । दम्पतिले गरेको सावधिक योजनामा बचत र वोनसको बढी फाईदा रहेको कम्पनीका शाखा प्रमुख बाल कुमार राईले जनाए । जन्म दिनको अवसर पारेर उपहार स्वरुप गरेको विमा निकै चाखलाग्दो र उदाहरणीय रहेको प्रमुख राईले जनाए । बिमा उपहार गर्दै श्रीमान पारुहाङले जन्म दिनमा श्रीमतिलाई सबैभन्दा ठुलो जिवनको उपहार प्रदान गरेको जनाए । राईले जिवन बिमा आज भोली र सँधै अनि सबैको लागि आवश्यक रहेको समेत बताएका छन् । आफु नहुँदा पनि सन्तीलाई सहज बनाउन सकिने हुँदा आफ्नो र सन्ततीको लागि जिवन विमा आवश्यक रहेको उनको बुझाई छ । यता श्रीमती हिरा भने श्रीमानको उपहारले सरप्राईज र मख्ख छिन् ।