Sunday, May 31News That Matters

श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु

पूर्णपुष्टि, मंसिर १९
झापामा श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु भएको छ । दमक नगरपालिका–१० की ४९ वर्षीया घनादेबी आचार्यलाई आफ्नै श्रीमान ४५ वर्षीय राम कुमार लिम्बुले कुटपिट गर्दा मृत्यु भएको हो ।
मंसिर १६ गते घनादेबीलाई उनको श्रीमानले कुटपिट गर्दा घाईते भएकी घनादेबीलाई बिराटनगरको नोबेल अस्पतामा उपचारको लागि पु¥याएकोमा केही समयको उपचार पछि डाक्टरको सल्लाह अनुसार उपचार हुन नसकी घर फर्किने क्रममा शुक्रबार राति ७ बजे मृत्यु भएको थियो । कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको छ ।