Friday, February 7News That Matters

सचेतना टोल विकास संस्था : भवन निर्माणका सहयोगी तादाहरुलाई मायाको चिनो र सम्मान

पूर्णपुष्टि, २५ पुष ।
नमुना टोल विकास संस्थाका रुपमा परिचय बनाएका त्रियुगा नगरपालिका वडा नं १० का सचेतना टोल विकास संस्थाले भवन निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई मायाको चिनोर प्रमाण पत्र प्रदान गरेको छ । बिहिबार टोल विकास संस्थाले १० नं वडा अध्यक्ष किरण पाण्डेको उपस्थितमा बृहत कार्यक्रमको आयोजना गरी दाताहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष पर्शराज राईले भवन निर्माणका लागि टोल विकासको कार्य समिति तथा संस्थामा रहेका साधारण सदस्यहरु, अन्य टोल विकास संस्था, बन समुदाय लगायत बिभिन्न सामाजिक संस्था सहित व्यक्तिहरुले आर्थिक सहयोग गरेको भन्दै सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो जनाए ।

संस्थाको निर्णय र परिधि अनुसार ५ सय भन्दा माथी ५ हजार सम्म सहयोग गर्नेलाई प्रमाण पत्र, ५ हजार माथी सहयोग गर्नेलाई प्रमाण पत्र र मायाको चिनो र ५ सय मुनी सहयोग गर्नेलाई रसिद उपलब्ध गराईने निर्णय थियो । सोहि निर्णय अनुसार संस्थाले दुई पहिलो र दोस्रो चरण गरी प्रमाण पत्र, सम्मान पत्र र मायाको चिनो प्रदान गरेको हो । जसमा शिलालेखमा २७ जनाको नाम उल्लेख छ भने भित्तेलेखनमा १३८ जनाको नाम उल्लेख छ । जसमा शिलालेखमा १० जना संस्था भन्दा बाहिरकोहरु हुन् भने भित्तेलेखनमा ३६ जना संस्था बाहिरका हुन् । अन्य सहयोगीहरु भने संस्था बाहिर रहेका टोल विकास संस्था, वन सुमदाय तथा बिभिन्न सामाजिक संस्था सँगै व्यक्तिहरु रहेका छन् ।

संस्थाको भवन उद्घाटनको दिन भित्ते लेखनमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने दोस्रो चरणको कार्यक्रम गरी शिलालेखनमा सहभागीहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरेको अध्यक्ष राईले जनाए । मायाको चिनो प्रदान गर्दै वडाअध्यक्ष किरण पाण्डेले सचेतना टोल विकास संस्था आफैमा चेतनाको स्रोत बोकेको संस्थाका रुपमा परिचित रहेको जनाए । उनले आफ्नै टोल विकास संस्थाले पनि यतिका काम र विकासहरु गर्न नसकेको भन्दै छिमेकी टोल किास संस्थाहरुले पनि यस टोल विकास संस्थाबाट उदाहरण लिनु पर्ने जनाए । नमुना काम गर्दै अगाडी बढिरहेको अवस्थामा संस्थालाई आउँदो दिनहरुमा थप सहयोग गर्ने हौसाला समेत मिलेको भन्दै उच्च मुल्याँङकनका साथ सचेतना टोल विकास संस्थालाई सम्मान गर्ने कार्यक्रम समेत वडाले तय गरिसकेको जनाए ।

वडा अध्यक्ष पाण्डे सहित संस्थाका अध्यक्ष पर्शराज राईले उपस्थित दाताहरुलाई मायाको चिनो प्रदान गरेका थिए । संस्थाको भवन निर्माणमा उपमेयर महेश्वरी राईले १ लाख, १० नं वडा कार्यालयले ९० हजार बजेट प्रदान गरेका थिए भने अन्य रकम टोल विकास संस्था आफैले सहयोगी दाताहरुबाट संकलन गरेका थिए । थोरै बजेटमा निर्माण भएको एक तले पक्की भवनमा श्रमदान बाट काम गरिएको थियो । उक्त भवनको उद्घाटन पुष १३ गते शनिवार महेश्वरी राईले उद्घाटन गरेकी थिईन् ।