Friday, July 11News That Matters

सरकारले ल्यायो आगामी बर्षका लागि १९ खर्ब ६४ अर्ब बजेट

पूर्णपुष्टि, १५ जेष्ठ ।
सरकारले आगामी बर्षका लागि बजेट प्रस्तुत गरेको छ । बिहिबार संसदमा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले आगमी बर्षका लागि १९ खर्ब ६४ अर्ब बजेट प्रस्तुत गरेको हो । पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १३ खर्ब १० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १९ खर्ब ६४ अर्बको बजेट अर्थमन्त्री पौडेलले प्रस्तुत गरेका हुन् ।