Thursday, April 30News That Matters

साथीलाई कैँची घाेप्ने पक्राउ

पूर्णपुष्टि, कार्तिक १३
त्रियुगा नगरपालिका -११ वडा कार्यालय नजिकै हिजाे बेलुका साथीलाई कैँची घाेप्ने त्रिनपा-१२ का श्रवण सेवा पक्राउ परेका छन् ।
आफ्नै साथी २० वर्षिय अनुज विष्टलाई कैँची प्रहार गर्ने श्रवण फरार रहेकाेमा खाेजतलास गरि प्रहरीले पक्राउ गरेकाे हाे । सामान्य विवादमा कैची प्रहार गर्दा अनुजकाे बायाँ कुम छेउमा चाेट लाग्नुका साथै नसाँ काटिएकाे छ । उनलाई उदयपुर अस्पतालमा प्राथमिक उपचार गरि न्युराे अस्पताल विराटनगर पठाईएकाे छ । घटनाबारे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।