
पूर्णपुष्टि, जेठ ३२ । उदयपुरको बेलका नगरपालिका–९ का वडा अध्यक्ष पदम खड्का सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका छन् । बिहिबार बुधबार राति ८ बजे इटहरी देखि रामपुर तर्फ फर्कदै गर्दा खड्का सवार मोटरसाईकललाई सुनसरीको नहडा चोकमा सिटिसफारीले ठक्कर दिएको थियो ।
सिटि सफारीको ठक्करबाट गम्भिर घाईते भएका अध्यक्ष दाहाललाई उपचारको लागी धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान भर्ना गरिएको थियो । उनको धरानमा पनि उपचार सम्भव नभएपछि थप उपचारको लागी हेलिकप्टर मार्फत बुधबार नै काठमाडौ स्थित नर्भिक अस्पतालमा रेफर गरिएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए ।
दुर्घटनामा परी खड्काको हेड इन्जुरी भएको रहेछ, चिकित्सकको परामर्श र सल्लाहमा अनुसार थप उपचारको लागि काठमाण्डौँ रेफर गरिएको मेयर कार्कीले बताए । अध्यक्ष खड्कालाई ठक्कर दिने सिटिसफारीका चालकलाई प्रहरीले राति नै पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।
