Monday, April 20News That Matters

सुनारको नाम मन्त्रीको सूचीबाट हटाईँदै

पूर्णपुष्टि, काठमाण्डौँ/कार्तिक ९ गते ।
बिवाद उत्पन्न भएपछि खगेन्द्र सुनारको नाम मन्त्रीको लिस्टबाट हटाईने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनारको नाम हटाउन लागेकी हु्न् । प्रधानमन्त्री सचिवालयले भन्यो, ुउहाँको नाममा विवाद सार्वजनिक भएपछि प्रधानमन्त्रीले पुनर्विचार गर्दै हुनुहुन्छ ।

सर्वोच्चदेखि जिल्ला अदालतसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीले सुनारको नाम हटाउन लागेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सुनारबाहेक तीन जनालाई मात्रै आइतबार शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।
सचिवालयका अनुसार सुनारको नाम हटाएर बाँकी तीन जनाको शपथ आजै साढे २ बजेका लागि तय गरिएको छ । शथप लिनेमा डा। सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठ भूमिमन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्दै छन् ।