
पूर्णपुष्टि, २९ बैशाख ।
किरात समुदायले मनाउने महान पर्व साकेला उभोली आजब बाट सुरु भएको छ । बैशाख पूर्णिमाको अवसर पारी साकेला उभौली सुरु भएको हो । पूर्वी जिल्लाहरुमा वसोवास गर्दै आएका राई समुदायहरुले साकेला उभौली र उद्यौली गरी दुई पटक यो पर्व मनाउने गर्छ । भुमिको पुजा र सिकारी पुजा गर्दै साकेला उभौली उद्यौली मनाउने गर्छ । पितृ पुर्खाहरुको शक्ति र आशिर्वात स्वरुप भुमि तथा पितृ पुजा गरेर साकेला सिल्ली नाँच्दै यो पर्व मनाईन्छ । उदयपुरको त्रियुगा नगरपालिका गाईघाट स्थित साकेला थानमा पनि सोमवार भुमि तथा सिकारी पुजाआजा सहित उभौली पर्वको सुरुवात गरिएको छ ।

त्रियुगा नगरपाकिला वडा नं ११, १२ र १३ को संयुक्त आयोजनामा विहान ८ बजे सिकारी पुजा गरी साकेला उत्सव सुरु गरिएको हो । त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी रााईको उपस्थितिमा साकेला पर्वको औपचारिक सुरुवात गरिएको छ । राईहरुको पुजा गर्ने घर अर्थात (मछामा खिम) बाट ढोल झ्याम्टा खोलेर आजबाट राई समुदायले साकेला नाचगान सुरु गर्नेछ । त्रियुगा नगरको ११, १२ र १३ का अध्यक्ष सर्वधन राईका अनुसार त्रियुगाको सबै वडाहरुमा आज सिकारी पुजा गरी साकेला सुरु गरिएको जनाए । १६ ओटा प्राकाश रहेको त्रियुगामा प्रत्येक दिन साकेला नाच कार्यक्रम गरिने छ । जेष्ठ ३१ गते शनिवार भने गिता राई स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिता गरिने छ ।
